मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१६ बाट अवैधरुपमा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएका बिभिन्न प्रकारका सामग्रीहरु प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी (सिमा) को प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलेर लुकाएर ल्याउँदै गरेको सामाग्री बरामद गरेको हो ।
भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएका १२ लाख ३ हजार ४ सय २० रुपैयाँ मुल्य बराबरको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।