बिराटनगर।
नेपाल प्रहरी श्रीमती संघ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजना एक दिने निःशुल्क स्वास्थ्य शिविरको गरिएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा संचालित शिविरको नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष कुसुम लता सिंहले उद्घाटन गरेकी थिइन् ।
शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, दाँत, जनरल मेडिसिन, स्त्री रोग, फोक्सो सम्बन्धी रोगहरुको बिशेषज्ञ डाक्टरहरुबाट चेकजाँच गरिएको छ । शिविरमा भिडियो एक्सरे, ईसीजीसहित बिभिन्न किसिमका ल्याव टेस्टको समेत सुबिधा निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।
एक दिने बृहत स्वास्थ्य शिविरमा प्रहरी कर्मचारीहरु, पूर्व प्रहरी, अमर र अशक्त प्रहरीका सन्ततीहरु समेत गरी पुरुष २ सय ८५ जना, महिला ७६ जना र बालबालिका १० जना गरी जम्मा ३ सय ७१ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका प्रहरीले जनाएको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरको सहकार्यमा स्वास्थ्य शिबिर सम्पन्न भएको थियो ।