झापा। 

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी घटाएको हो निगमले प्रति लिटर ती रुपैयाँका दरले रुपैयाँ घटाएको हो ।

यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल र मट्टितेल १ सय ७८ रुपैयाँ थियो । मूल्य घटेसँगै अब प्रतिलिटर पेट्रोल १ सय ७८ र डिजेल र मट्टितेल १ सय ७५ रुपैयाँ पर्नेछ । 

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा रहेको छ ।