झापा । 

झापाको मेचिनगर नगरपालिका वडा नम्बर ५ काली मन्दिर छेउबाट  भारततर्फ अबैध रुपमा लगिदै गरेको सामान प्रहरीले पक्राउ गरेको छ । 

 इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले मेचीनगर– ६ का ३० बर्षिय बाबुल राजवंशीले नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छलेर लादै गरेको सामान प्रहरीले बरामद गरेको हो । 

दुई लाख पचास हजार रुपैयाँ मुल्य बराबरको नेपाली ढाकाको झोला ४ बोरा र पोते फेला पारी मानिस समेतलाई नियन्त्रणमा लिएर आवश्यक कार्बाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।