बिराटनगर।
झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचिनगर नगरपालिका–१० स्थितमा लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले WB74 BF 5817 नम्वरको स्कुटरमा सवार रहेका भारत दार्जिलिङका २८ बर्षीय मनोज गिरी र ३० बर्षीय प्रमोदकुमार राउतलाई शंका लागि चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट ४३ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
त्यस्तै लागू औषध नियन्त्रण व्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१६ स्थितमा भारतबाट नेपाल आउँदै गरेको प्रदेश १–०४–००१ प ३१०२ नमवरको मोटरसाईकलमा सवार रहेका छथर जोरपाटी गाउँपालिका–१ धनकुटाका २० बर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका–१ का १९ बर्षीय सुमन तामाङलाई ०.८५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्वन्धित प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।