सुनसरी।

सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागू औषधसहित छ जनालाई प्रहरी पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट विजयपुर धरानको प्रहरीको टोलीले धरान उप–महानगरपालिका–१४ का २१ बर्षीय रन्जित तामाङ, १९ बर्षीय नेल्शन याक्खा, २० बर्षीय शाहील भण्डारी र १९ बर्षीय शेखर परियारलाई प्रतिबन्धित लागूऔषध स्पास्पेन( २४८ ट्यावलेट र  ट्रामाडोल( ३३० ट्याव्लेटसहित नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी  ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान–५ का  २६ बर्षीय अमन राई र धरान–३ का ३४ बर्षीय मन कुमार श्रेष्ठलाई ट्रामाडोल ६०३९, ट्रयाव्लेट, स्पास्पेन ४१४० ट्याव्लेट,  डाईजेपाम १५६ एम्पुल र  नगद ६५ हजार ९ सय ४४ रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ६ जनालाईआवश्‍यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग बिराटनगर पठाईएको  ईलाका प्रहरी कार्यालय धरानले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।