पाँचथर।
पाँचथरको फिदिम नगरपालिका–१३ मा आगोले जलेर एक जना बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ बर्षीया सुकमति नेम्वाङ रहेकी छन् ।
फिदिम–१३ स्थित आफ्नै घरमा एक्लै बस्दै आएकि नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जलेर मृत अवस्थामा फेला परेकि हुन् । मृतक लाशलाई आवश्यक कानुनी प्रकृया पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाईएको छ भने घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बुधबार बिहान घरबाट धुवा निस्केको स्थानिय देखेपछि तत्काल घर भित्र गएर हेर्दा बृद्धा महिलाको शरिरमा आगो सल्केको देखेर पानी खन्याई आगो नियन्त्रण गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको टोली खटि गएको थियो ।