बिराटनगर । 

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सव बिविध कार्यक्रमसहित आन्तरीक रुपमा सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यमा कार्यक्रमको सम्पन्न भएको हो । 

 प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेल मैदानमा आयोजित ५७ औ बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गिरीले व्यवासायिक प्रहरी उत्पादनको उद्यगमस्थल प्रहरी तालिम केन्द्रले ५७ औं वर्ष पुरा गरेको अवसरमा केन्द्रका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिएका थिए । 

कार्यक्रममा प्रमुख अतिथि गिरीले बार्षिक उत्सवको अवसरमा प्रकाशन गर्दै आएको स्मारिकालाई समायानुकुल थप परिस्कृत एबम् प्रविधिमैत्री बनाउदै केन्द्रको  सम्पूर्ण गतिविधि झल्कने गरी तयार पारिएको वृत्तचित्रको लोकार्पण समेत गरेका थिए । 

त्यसैगरी प्रहरी नायव महानिरीक्षक गिरीले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन लगायत अन्य खेलका बिजय  हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरेका थिए । तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह–समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत ‍गरी कुल ८१ हजार २ सय ४३ जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराएका थिए । 

कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले उपस्थित सबैमा धन्यवाद दिएका थिए । बार्षिक उत्सब कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका महासचिव श्रीमती अजिता देवकोटा बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षकलगायत प्रहरी अधिकृत  तथा जवानहरु र पूर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।