विराटनगर ।
महिला हिँसा न्युनिकरण अभियानमा सहयोग पुरयाउन उदेश्यले धनकुटाको भेडेटारमा प्रदेश १ भरिका अगुवा किशोरीहरुको दुई दिने भेला सम्पन्न भएको छ ।
महिला जनचेतना केन्द्र मेचीनगरको आयोजनामा भएको भेलामा प्रदेश नम्बर १ का १० वटा जिल्ला अगुवा किशोरीहरुको भेला भएको हो । भेलामा झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना अगुवा किशोरीहरुको सहभागीता रहेको थियो ।
समाजमा कायमै रहेको लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई प्रदेश भरिका किशोरीहरुलाई सहभागी गराएर दुई दिने कार्याशाला सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख राधा प्रधानले बताएकी छिन् । सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ यस वर्ष नेपालमा पनि १६ दिन लैङ्गिक हिंसा विरुद्ध अभियान मनाइएको थियो ।
सो कार्यक्रम अन्तगर्तत महिला जनचेतना केन्द्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरु मध्ये लैङ्गिक समानताको विषयमा सहभागिहरुलाई विषेश प्रशिक्षण दिएको हो । त्यस्तै महिला आन्दोलन, उपलब्धीहरु, अनि अगामी दिनमा आइपर्ने चुनौतिहरुको विषयमा पनि भेलामा विशेष चर्चा भएको थियो ।
प्रमुख अतिथि वियोन्ड वेइजिङ्ग कमिटि नेपालका अध्यक्ष सुसिला श्रेष्ठले विषेश प्रशिक्षण प्रदान गरेकी थिइन । त्यस्तै लेखक तथा अनुसन्धानकर्ता रिता शाह, मानव अधिकारकर्मी कोषराज न्यौपाने, महिला अधिकारकर्मी मंजीता उपाध्यायले सहजीकरण गरेका थिए । उक्त्त कार्यशालाबाट प्रदेशस्तरीय घोषणा पत्र पनि जारी गरिएको थियो । सो कार्यशालाको उदघाटन सत्रको अध्यक्ष सिता गुरुङ्ग, सञ्चालन संस्थाका सचिव भुवन सुब्बा, कार्यक्रमको औचित्य माथि प्रकास संस्थाका कार्यकारी प्रमुख राधा प्रधान र स्वागत संस्थाका सदस्य रेजिना श्रेष्ठले गरेकी थिइन् ।