झापा ।
झापाको दमक नगरपालिका वडा नम्बर ९ की एक महिलालाई प्रतिबन्धित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले मंगलबार (आज) दमकबाट ४५ बर्षिया तुलमाया तामाङलाई प्रतिबन्धित लागूऔषध जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
शंका लागेर तामाङलाई चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्राम फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।