- चन्द्र बस्नेत
सुरुङ्गा ।
सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान गर्ने उदेश्यका साथ झापाको कनकाई नगरपालिका –६ चम्फापुरस्थित श्री गायत्री मन्दिर तथा चम्फापुर माध्यमिक विद्यालयमा राधिका फाउन्डेशनले आयोजना गरेको सप्ताह श्रीमद् भागवत धनधान्याचल महायज्ञमा भक्तजन तथा दाता हरुको लर्को लागेको छ । झापाको बाह्दशी–७ मा दाता पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारले निःशुल्क प्रदान गरेको १२ कठ्ठा जग्गामा भवन निर्माण गर्ने लक्ष्यका साथ महायज्ञको आयोजना गरिएको हो ।
महायज्ञ पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको महायज्ञ २८ गते बुधबारसम्म गर्न चल्ने छ। कनकाई नगरपालिकाको कार्यालयबाट लगभग ३ किलोमिटर दक्षिण चम्फापुरमा रहेको श्री गायत्री मन्दिरस्थित चम्फापुर माबिको प्राङगणमा महायज्ञ जारी छ । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न वर्गहरुको सहाराका लागि दाता तिम्सिना परिवारबाट प्राप्त जग्गामा भवन निर्माण साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि महायज्ञको आयोजना गरेको राधिका फाउन्डेशनकि अध्यक्ष एवम् महायज्ञकि प्रखर बक्ता राधिका दासिले बताइन् ।
महायज्ञमा सघिय, तथा प्रदेश सभासददेखि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी, पालिकाका सवै वडाका वडाध्यक्षहरु अन्य जनप्रतिनिधि, विभिन्न सघ÷सस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न भजन–कृतन समुह, जामुनाबारी सामुदायिक बन परिवार, सुरुङ्गा जेसीज परिवार, कनकाई उद्योग वाणिज सघ परिवार, कनकाई सामुदायिक बन परिवार, पशुपति अग्रेजी स्कुल परिवार, समाजसेबी लीलाप्रसाद चिमरिया, समाजसेवी एवम् शिक्षा सेवि एलपि उप्रेती, समासेवी ख्याम प्रसाद ओली , चम्पा सुवेदी, मनोज बस्नेत गायत सयौं समाजसेवी दाताहरुले पवित्र उदेश्यले सञ्चालिन महायज्ञमा सहयोग जुट्ने क्रम जारी रहेको महायज्ञ ब्यवस्थापन समितिका कोषाध्यक्ष एवं आर्थिक समितिका संयोजक पंकज नेपालले जानकारी दिए।
सप्ताह संगीतमय महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता, संगीतमय कथा प्रवचन भईरहेकोे महायज्ञ व्यवस्थापन समितिका महासचिव एवम् सोही वडाका निवर्तमान वडाध्यक्ष लक्ष्मीप्रसाद ओलीले जानकारी दिए।
महायज्ञमा अहिले कनकाई बासी, झापा बासी साथै छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारत, भुटानका साथै अन्य विदेशी मुलुकमा रहने नेपालीहरुले पनि सहयोग गरिरहेको महायज्ञ ब्यवस्थापन समितिका संयोजक मुक्तिप्रसाद तिम्सिनाले जानकारी दिए । महायज्ञमा विभिन्न माध्यमबाट नगद तथा जिन्सी, तुलादान, साथै प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग जुटिरहेको बताईएको छ।
सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न वर्गहरुको सहाराका लागि दाता तिम्सिना परिवारबाट प्राप्त जग्गामा भवन निर्माणगरि शिक्षा प्रदान गर्ने उध्येश्यले जारी महायज्ञमा दैनिक हजारौं भक्तजनहरुको सहभागिताका तथा सहयोग भइरहेको महायज्ञ अतिथि व्यवस्थापन समितिका संयोजक जविन तिम्सिनाले जानकारी दिएका छन् ।
महायज्ञ कि प्रमुख कथा वाचिका राधिका फाउन्डेशनकि अध्यक्ष राधिका दासीले महायज्ञ सम्पन्न गर्न झापाबासीसहित देश तथा विदेशमा रहने सवैसँग सहयोग गर्न आग्रह गरेकी छिन् ।