बिर्तामोड । 

काठमाडौ बाहिर मोफसलमा स्पेशल पिज्जा ब्राण्ड स्थापित गरेका बिर्तामोडका युवा ब्यवसायी याम खरेल र याम ढुङ्गानाले बिर्तामोडमा दोस्रो पिज्जा घरको शाखा सञ्चालनमा ल्याएका छन् । पछिल्लो युवा पुस्तामा पिज्जाको माग र आकर्षण बढेपछि ब्यवसायी खरेल र ढुङ्गानाले झापाको बिर्तामोड–३ स्थित भगवान चोकमा पिज्जा घरको शाखा सञ्चालनमा ल्याएका हुन् । 

५ बर्षअघि बिर्तामोडस्थित शनिश्चरे रोडमा सञ्चालनमा आएको पिज्जा घरको शाखाको रुपमा उनीहरुले सञ्चालनमा ल्याएको सञ्चालक मध्येका खरेलले जानकारी दिए । पिज्जा घरले ब्यवसायिक सफलतासँगै शाखा सञ्चालन गरेको हो । खरेलले कुवेतको डोमीनस पिज्जा स्टोर्समा मेनेजरका रुपमा काम गरेको अनुभवलाई ५ बर्षअघि स्वदेशमा स्थापित गरेको बताएका छन् । 

बिर्तामोडका युवा व्यवसायी खरेल र ढुङ्गानाको संयुक्त २ करोड ५० लाखको लगानीमा  पिज्जा घरको  शाखा सञ्चालनमा आएको हो । ग्राहकको मागलाई ध्यानमा राखेर सञ्चालन गरिएको पिज्जा घरमा किचन उपभोक्ताले आफैँ हेर्न पाउने समेत बताउँदै उनले छोटो समयमा नै ग्राहकको ध्यान खिच्न सफल भएको बताएका छन् । 

नयाँ स्वाद र फ्लेवरमा पिज्जाका पारखीले  पिज्जा खान पाउंदा उनीहरु पनि दङ्ग र  पिज्जा घरले ग्राहकको चाहना र आवश्यकतालाई  समेट्न सकेको प्रति सञ्चालक खरेल खुसी ब्यक्त गर्छन् । पिज्जा घरको फ्रेन्चाइजलाई मुख्य शहरमा देशव्यापी विस्तार गर्ने योजना रहेको सञ्चालक खरेल बताए । 

पिज्जा घरमा भेज ननभेज दुवैमा पिज्जा, बर्गर, पास्ता, सेन्डवीच, विर्यानी लगायतका खाद्य परिकार तथा पेय पदार्थ पनि उपलब्ध रहेको उनले जानकारी दिए । पिज्जा घरको आकर्षक सजावटले पनि त्यहाँ जाने जो कोहिको मन लोभ्याउंने गरेको छ ।  पिज्जाका स्पेशल ब्राण्डलगायत स्वदेशमा तथा बिदेशका होटल तथा रेष्टुरेन्टमा कामका लागि जानेका लागि स्पेशल तालिमसमेत दिने गरिएको खरेलले जानकारी दिए । उनका अनुसार अहिले ५ जनाले उक्त तालिम लिइरहेका छन् ।  

पारिवारिक वातावरणको पिज्जा घरमा पर्याप्त पार्किङ, मिटिङ हल, बर्थडे हल, सेमिनार हल, छुट्टै स्मोकिङ जोन लगायतका सुविधा छन् । पिज्जा घरमा अहिले ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । केही दिन अघि पिज्जा घरलाई आधारित बनाएर नेपाली चलचित्र नाई न भन्नु ल ६ को छायङ्कन समेत गरिएको खरेलले बताएका छन् । शाखाको औपचारिक उद्घाटन चाँडै गरिने खरेले बताएका छन् ।