झापा । 

निर्वाचन आयोगले आचारसंहिता हटाएको छ । आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लगाएको आचारसंहिता हटाएको हो । 

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भइसकेको भन्दै सोमबार (आज) देखि निर्वाचन आचारसंहिता हटाउने निर्णय गरेको आयोगले जनाएको छ । 

आयोगले असोज १२ गतेदेखि देशभर लागू गरेको निर्वाचन आचारसंहिता मंसिर २६ गतेदेखि आजदेखि नरहने निर्णय गरेको छ । निर्वाचन आचारसंहित हटाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको आयोगले जनाएको छ ।