सुनसरी।

सुनसरीको बरहाक्षेत्र नगरपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका–२ का ३५ बर्षीय हर्कबहादुर राई  रहेका छन ।  उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

प्रदेश १–०२–०४३ प १७१, को.३८प ९२१० र  को. १७ प ६९४४ नम्वरको मोटरसाईकलहरु एक–आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बराहक्षेत्र–१ का ३३ बर्षीय रंजित कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा–२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दिरा गुरुङको धरान घोपामा उपचार भईरहेको छ ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।