- सुदिप गिरी
हल्दिबारी।
झापाको हल्दीबारी–४ मा आज बिहानको राती जङ्गली हात्तीको आक्रमणमा परि चार जना घाइते भएका छन्। अचानक करिब राती २ः१५ बजे तिर जलथल जङ्गलबाट गाउँ छिरेको हात्तीको आक्रमणमा गर्दा स्थानीय चारजना घाइते भएका हुन् ।
घाइते मध्ये हल्दीबारी–४ का गौरादेवी पौडेल र नगेन्द्र पौडेल गम्भीर घाइते भएका छन् भने पार्वतादेवी पौडेल र चेतन पौडेल सामान्य घाइते भएको र उपचारका लागि चारै जनालाई मेची प्रादेशिक अस्पतालमा भर्ना गरिएको स्थानीय प्रलाद सिलवालले बताएका छन्।
हात्ती गाउँ पस्न खोजेपछि गाउँको संरक्षण गर्न निस्किएका उनीहरु घाइते भएका हुन् । हात्तीले स्थानीय जयप्रकाश दाहालको अन्दाजी १ बिगाहाको धान पूर्ण रूपमा क्षति गरेको र विजय लावतीको थ्रेसर लगाएको धान करिब ६ मन जति खाएर छरछार गरेको उनले जानकारी दिए । धनबहादुर गहतराजको अटोमा समेत हात्तीले क्षति पुर्याएको छ ।
जय प्रकाश दाहालको खमारमा रहेको अन्दाजी १ बिगाहाको कुन्युको धानमा पूर्ण रुपमा हात्तीले क्षति पुर्याएको छ । सोही क्रममा हात्ती गाउँमा खोजेपछि स्थानीयले प्रहरीको सहायतामा हात्ती गाउँमा पस्न नदिने क्रममा उनीहरु घाइते भएका जनाइएको छ ।