बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित भगवान चोकमा लुम्बिनी तन्दुरी एण्ड मटका हाउस सञ्चालनमा आएको छ ।
होटल ब्यवसायमा लामो समय अनुभव बटुलेका युवा होटल ब्यवसायी कृष्ण पौडेल र अनु पौडेलले लुम्बिनी तन्दुरी एण्ड मटका हाउसको शनिवार (आज) उद्घाटन गरेका हुन् । हाउसको उद्घाटका अवसरमा आज ५० जनाबढि नेत्रहीन तथा असाहय बृद्धबृद्धालाई खाना खुवाएको सञ्चालक पौडेलले जानकारी दिए ।
७० लाख रुपैयाँको लगानी सञ्चालनमा आएको हाउसमा थकाली खाना, सेकुवा, रोटी, तन्दुरी, मटकालगायत एउटै छानामुनि सम्पूर्ण खाना तथा नास्ताका परिकार उपलब्ध हुने हाउस सञ्चालक पौडेलले बताएका छन् । साढे तीन कठ्ठा जग्गामा फैलिएको हाउसमा लुम्बिनी तन्दुरी र स्पेशल थकाली खाना उपलब्ध गराइने जनाइएको छ ।
हाउसमा १५ जनाले प्रत्यक्ष रोजगारी पाएको र आवश्यकता अनुसार अन्य कर्मचारी थपिदै लाने सञ्चालिका अनु पौडलले बताइन् ।