विराटनगर।

 दुई छुट्टा छुट्टै मुद्धाका फरार ब्यक्तिलाई लाई १ नं प्रदेश प्रहरी कार्यालयको  प्रहरी टोलीले शुक्रवार (आज) पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेनदेन बिगो मुद्दाका मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १२ बस्ने ५५ बर्षीय महेन्द्रकुमार कामत र औषधीको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दाका सुनसरी धरान उप–महानगरपालिका वडा नम्बर–३ माछाभौडी बस्ने २८ बर्षीय सिजन राई रहेका छन् । 

उनीहरुलाई प्रहरी टोलीले खोजतालस गर्ने क्रममा गाउँघरमै लेकेर बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका कामतलाई मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा बिगो बराबरको रकम अदालतमा बुझाई अदालतले थुना मुक्त गरेको छ भने राईलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतले  कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।

फरार रहेका कामतको लेनदेन बिगो मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरको मिति २०७९/०६/०९ गतेको फैसला बमोजिमको बिगो रकम दाखिला नगरेकोले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ बमोजिम मोरङ जिल्ला अदालतको चलानी नं. ७६३, मिति २०७९/०६/०९ गतेको पत्रानुसार १ बर्ष कैद भई बिगो नं.२५९र६४० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका थियो भने राईको औषधिको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९/०३/२० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ३ दिन कैद र १०,हजाररुपैयाँ जरिवाना भई लगत नं. १६८९ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थियो ।