मोरङ । 

मोरङको बिराटनगर महानगरपलिका–१३ बाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–१० का ३३ बर्षीय अरुण लिम्बु रहेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरको सादा पोसाक संयुक्त प्रहरी टोलीले रानीबाट बिराटनगर तर्फ आउँदै गरेको बा ६३ प ३३४६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सो मोटसाईकल सवार रहेका लिम्बुको साथबाट DIALX DC 100ML- 3 बोतल,  ESKUL 100ML- 2  बोतल र SPAMO PROXYVON PLUS- 18  लागुऔषध फेला परेको थियो ।

पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।