भद्रपुर । 

झापाको बाह्रदशी गाउँपालिका–२ की पाँच वर्षीय बालिका मनिषा बुढाथोकी यतिबेला मुटुसम्बन्धी रोगले पीडित बनेकी छन् । मुटुमा गम्भीर समस्या देखिएपछि बालिका मनिषाको काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण मनिषाको उपचार गर्न समस्या भइरहेको पिता प्रेमबहादुर बुढाथोकीले बताएका छन् । 

झापा र विराटनगर अस्पतालहरुमा देखाएँ पनि उपचार हुन सम्भव नभएको उनको भनाई छ । मुटुमा प्वाल रहेको थाहा पाएपछि डाक्टरको सल्लाह अनुसार शहिद गंगालाल हृदय केन्द्रमा उपचार गराइरहेको उनले सुनाए ।  आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या परेको उनले बताएका छन् ।

हालसम्म उपचारका क्रममा ५० हजार रुपैयाँ खर्च भएको उनले बताए । उपचारका लागि करिब  दुई लाख ५० हजार रुपैयाँ लाग्ने उपचारमा संलग्न चिकित्सकले जनाएको उनले बताए । अस्पतालमा बेड खाली नभएर पुस ४ गते भर्ना गर्ने र पुस ६ गते शल्यक्रिया गर्ने तयारी भइरहेको उनले बताएका छन् ।  त्यतिबेलासम्म कोठैमा राखेर उपचार गरिरहेका उनले जानकारी दिए । आर्थिक अवस्था कमजोर भएकाले मनकारीहरुबाट सहयोग पाउने अपेक्षा गरेको उनको भनाई छ ।  आर्थिक अवस्था नाजुक भएकाले नै बाध्य भएर आफूले सहयोगको अपिल गरेको उनले बताएका छन् । 

बालिकाको उपचारका लािग सहयोग गर्न इच्छुकहरुले प्रेमबहादुर बुढाथोकीको प्राइम बैंकमा रहेको बैंक खाता नं. १०००००५४ पठाउन वा मोबाइल नम्बर ९८१६९२३९९१ मा सम्पर्क गर्न सकिनेछ ।