झापा ।

झापाको कनकाई नगरपालिका–८ स्थित पूर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ का २२ बर्षीय ओमप्रकाश राउत रहेका छन् । बुधवार (आज) ना. ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका राउतको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

घटनामा संलग्न ट्रक चालक मोरङ पथरी शनिश्चरेका पर्शुराम थापालाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।