झापा ।

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको मंसीर १७ गते शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट चयन गरिएको नयाँ नेतृत्वले पहिलो बैठकबाट जिम्मेवारी बाँडफाँड गरेको छ ।

अधिवेशनले तेजस्वी कम्प्युटर सपोर्टका प्रोपाइटर कृष्णप्रसाद घिमिरेलाई अध्यक्षमा र ८ जनालाई सदस्यमा सर्वसम्मत निर्वाचित गरिएको थियो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु मनोनयन गर्ने व्यवस्था गरे अनुसार जिम्मेवारी बाँडफाँड गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।

जसअनुसार उपाध्यक्षमा रोशन बुढाथोकी, सचिवमा लोकप्रिय खनाल, कोषाध्यक्षमा विनोद श्रेष्ठ र सहसचिवमा योगेश राजवंशीले जिम्मेवारी पाएका छन् । क्यान झापाको सदस्यमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ पदेन रहेका छन् भने अध्यक्षले मनोनयन गर्ने १ जना सदस्यमा जेनिशा पोखरेललाई चुनिएको छ ।

अब क्यान झापाको कार्यसमिति ११ सदस्यीय बनेको छ । जसअनुसार सदस्यहरुमा पंकज पोखरेल, सुशिल कडरिया, खगेन्द्र मिश्र र विनोद खनाल रहेका छन् । कडरिया, मिश्र र खनाल स्थानीय तहका आइटी अफिसरहरु हुन् ।

सो बैठकले क्यान महासंघको केन्द्रीय प्रतिनिधिहरुमा केन्द्रीय सदस्य भुपेन्द्र मैनाली र प्रदेश समितिका सचिव रोशन दाहाललाई जिम्मेवारी दिइएको अध्यक्ष घिमिरेले जनाएका छन् ।