झापा ।
झापाको दमक नगरपालिकामा गरिएको माटो जाँच शिविरमा कृषी योग्य जमिनमा अत्याधिक मात्रामा अम्लियपन देखिएको छ ।दमकमा उत्पादनमा समस्या देखिने गरी अम्लियपना देखिएको हो ।
नगरपालिका कृषि शाखाकी प्रमुख चन्द्रकला भट्टराईले माटोमा अमिलोपना धेरै देखिएको बताएकी छिन् । उनले अम्लियनपनको मात्रा नियन्त्रण गर्नका लागि कृषि चुनको प्रयोग गर्न सुझाव दिएकी छिन् ।
शिविरमा जाँच गरिएको एक सय ५४ किसानको जमिनमा अधिकांशमा माटोमा समस्या देखिएको थियो । शाखा प्रमुख भट्टराईले नगरपालिकाले निःशुल्क रूपमा कृषि चुनको वितरण गर्ने गरेको बताएइन् । दमक नगरपालिकाले माटो परीक्षण गराउन चहाने कृषकका लागि निःशुल्क परीक्षणको व्यवस्था गर्ने गरेको छ ।
माटोको गुणस्तर सुधार र उत्पादकत्व वृद्धिका लागि नगरपालिकाले सहयोग गर्ने दमक नगरपालिका उप–प्रमुख रेगिना भट्टराईले जानकारी गराएकी छिन् । माटो तथा मल परीक्षण प्रयोगशालाले माटो परीक्षण गर्ने गरेको छ ।