बिराटनगर।

नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण गरेका छन् । आज बिहान भएको निरीक्षण भ्रमणको क्रममा उनलृे कार्यालय तथा सम्पूर्ण शाखाहरु समेतको निरीक्षण गरेर कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिएका थिए । 

 जनचेतनाको कमिबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न समेत निर्देशन दिएका थिए । निर्देशनकै क्रममा सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकिय जिल्ला सोलुखुम्वुमा भ्रमणको लागि आएका राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज बनाउन पर्यटकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउन समेत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए। 

जिल्ला प्रहरी कार्यालय सोलुको निरीक्षण भ्रमण तथा निर्देशनको क्रममा १ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दान बहादुर कार्की, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी बरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, प्रदेश प्रहरी तालिम केन्द्र रानी बिराटनगरका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोला  तथा नेपाल प्रहरी रा.सु। तथा ट्रा.ब्य.का. इटहरीका प्रहरी उपरीक्षक श्याम कुमार महतो समेतको उपस्थिति रहेको थियो ।