उदयपुर।
उदयपुरको कटारी नगरपालिका २ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी(२ का ३० बर्षीय दिल कुमार थापा मगर रहेका छन् ।
आफ्नै घरको छतमा घरको तला थप्ने क्रममा फलामको रडले बिजुलीको तार छुन पुग्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाईते भएका मगरको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।