ओखलढुंगा। 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव–निर्मित कार्यालय भवनको उद्घाटन भएको छ । कार्यालयको उद्घाटन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा सोमवार (आज) एक कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक सिंहले नव–निर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवनको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक सिंहले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरेका थिए । 

कार्यक्रम १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रहरीलाई सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न र आम नागरिकमा आईपर्ने समस्या समाधनका लागि अहोरात्र खटिई उच्च व्यवसायिकताका साथ नागरिकको गुनासो एवं पिरमार्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न र गराउन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।

 जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको नव निर्मित भवन १० करोड १० लाख ४४ हजार ९१ रुपैया ८१ पैसाको कुल लागतमा निर्माण कार्य सम्पन्न भएको भएको हो ।