विर्तामोड ।
झापाको अर्जुनधारा–९ मा कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको उद्घाटन भएको छ ।
नेपालका ऐतिहासिक प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित एक समारोहका बीच आइतवार महायज्ञको उद्घाटन गरिएको हो ।
कार्यक्रम जगतगुरु बालसन्त मोहनशरण, विशिष्ट अतिथि एवं झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, विशिष्ट अतिथि एवं नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, विशेष अतिथि एवं अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देन, उद्योगपति विकासकुमार दुगढलगायतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा अध्यक्ष ज्योतिषाचार्य पं.लक्ष्मीप्रसाद पोखरेलले पीठको विकास र समृद्धिका लागि पहिलो योगदान दलमानसिंह तामाङ (चैनपुरे बा)ले जग्गादानबाट गरेको उल्लेख गर्दै दानदाता, मुष्ठिदानदाता, अन्नदाता, अक्षयकोषदाताहरुको योगदानबाट पीठको विकास सम्भव भएको बताए ।
कार्यक्रममा पीठका उपाध्यक्ष डिल्लीराम दाहालले स्वागत तथा सचिव भोलानाथ पोखरेल र उमाकान्त खनालले सञ्चालन गरेका थिए ।


















