बिर्तामोड ।

 दशै तिहारको अवसर पारेर झापाको बिर्तामोडस्थित सिटी सेन्टरले आयोजना गरेको  कुपन पुरस्कार योजनाको नतिजा सार्वजनिक भएको छ । 

‘सपिङ गरौं सिटी सेन्टरमा, पुरस्कार पाऔं हजारमा’ भन्ने मुल नाराका साथ शुरु गरिएको पुरस्कार योजनाको नतिजा आइतवार (आज) सार्वजनिक गरिएको हो । लक्की ड्र मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुपन नम्बर १०५५५ कि बिमला गौतमले टिभिएसको स्कुटी पुरस्कार जितेकी छिन् । 

विभिन्न आठ वटा पुरस्कारका लागि गरिएको लक्की ड्रमा  मिना बस्नेत कुपन नं. ११०३२ मा आइरन र कुपन नं. ११०३१ मा इन्डक्शन चुलो जितेकी छिन् । त्यस्तै कुपन नम्बर ३६८५ की तुलसा सिलवालले आइरन, कुपन नं. ४००२ की युबिना लिम्बुले घडी, कुपन नं. २२६३ की हरिमाया पराजुलीले आइरन, कुपन नं. ७७५२ का पवन गौतमले घडी र कुपन नं. ११२०४ कि तुलसादेबी पौडेलले घडी उपहार जितेकी छिन् । 

सिटी सेन्टरका सञ्चालक दिपेन्द्र राउत, हिमाल प्रसाई र सन्तोष थापाले पुरस्कार योजना कार्यक्रम लक्की ड्र मार्फत सार्वजनिक गरेका हुन् । दशै तथा तिहारको अवसर पारेर गत असोज १० गतेदेखि शुरु गरिएको पुरस्कार योजना मंसिर १७ गतेसम्म मार्केटका पसलबाट सामान खरिद गर्ने ग्राहकको कुपन लुक्की ड्र गरी सार्वजनिक गरिएको सञ्चालक राउतले जानकारी दिए । 

एकसय ३२ वटा पसल रहेको सिटी सेन्टरमा एक हजार रुपैयाँको सामाग्री खरिदमा एउटा कुपन, ३ हजारको खरिदमा ४ वटा कुपन र ५ हजारको खरिदमा ७ वटा कुपन ग्राहकलाई दिइने गरिएको थियो ।  

city center