मेचीनगर ।
अन्तरास्ट्रिय अपा–्ग दिवसको अवसर परेर उधोगपति दानविर महावीर अग्रवालले ३० जना अपाङ्गलाई ब्लाङ्केट बितरण गरेका छ्न् ।
शनिबार एक कार्यक्रमबिच बुद्धशान्ति गाउँपालिकाको शान्ति अपाङ्ग सेवाका अपाङ्ग सदस्यलाई अग्रवालले प्रति ब्यक्ति एक÷एक थानको १ हजार रुपैयाँका दरका ३० वटा ब्लाङ्केट बितरण गरेको अमन अग्रवालले बताए ।
कार्यक्रममा शान्ति अपाङ्ग सेवा केन्द्रका अध्यक्ष शान्ति ढुङेलको अध्यक्षता र बुद्धशान्ति गाउँपालिकाका उपाध्याक्ष भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उधोगपति दानविर महावीर अग्रवालले आफ्नो भौतिक शरीर रहुन्जेल गरिब दुःखिको सेवामा लागि पर्ने बताए । उनले केन्द्रका अध्यक्षलाई प्रत्येक महिना मासिक ५ सय रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य देबराज घिमिरे, प्रदेश सभा सदस्य चिन्तन पाठक, पत्रकार चन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सेवा केन्द्रका जयप्रकाश खातिले गरेका थिए ।