झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नं.१ गाडाँगल्लीमा अबैध रुपमा काठ लिएर आउँदै गरेका दुई वटा ट्याक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।
पातापुरबाट आउँदै गरेको मे १ त ७८५४ र मे १ त ३७४० नंम्बरको २ वटा ट्याक्टरहरु रोक्ने क्रममा चालकहरु भागेर फरार भएपछि शंका लागेर चेकजाँच गर्दा अवैध रुपमा ल्याउँदै गरेको सखुवा जातको गोलिया काठ फेला परेको प्रहरीले जनाएको छ ।
दुबै ट्याक्टरलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र प्रहरी चौकी तिरिङखोलाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
ट्याक्टरहरु अन्दाजी मे १ त ३७४० नंम्बरको मूल्य १० लाख रुपैयाँ तथा मे १ त ७८५४ नम्बरको ट्याक्टरको मूल्य ८ लाख रुपैयाँ र अन्दाजी २५० क्यूफिट साखु गोलियाको २ लाख ५० हजार रुपैयाँ बराबरको काठसहित जम्मा २० लाख ५० हजार रुपैयाँ बराबरको ट्याक्टर र काठ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त ट्याक्टर र काठ आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।