बुट्टाबारी ।
बन्दी सहायता नेपालले झापा जिल्ला कारागारका महिला कैदी बन्दीहरुलाई खानेपानीको ट्याङ्की प्रदान गरेको छ ।
महिला बन्दीहरुको चापसहित खानेपानी, बाथरुम अन्य कार्यका लागि पर्याप्त संचित पानी ट्याङकी नभएकोले सस्थापक इन्दिरा रानाले एक हजार लिटरको ट्यान्की कारागार प्रमुख मोहन पनेरुलाई हस्तान्तरण गरेकी हुन् ।
त्यसैगरी मलेसियन दाता संगीतकार चोङ्गलिङ्ग एन्जिले मनमाया आमा, गंगा आमा र जगल गार्डन ब्वाइज होममा रहेका २२ जना बालबालिकाहरुलाई खाद्यान्न अभाव नहोस भनेर ६० हजार रुपैयाँ बराबरको धान झापा शाखा अध्यक्ष जगतबहादुर मगरलाई हस्तान्तरण गरेको सचिब रन्जित परियारले जानकारी दिएका छन् ।