झापा ।
नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा महासंघका प्रदेश परिषद् सदस्य मनकुमार शर्मालाई पितृशोक परेको छ ।
झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ निवासी पत्रकार शर्मा पिता ब्रेन्ची शर्माको ७२ वर्षको उमेरमा हिजो (बिहीवार) राति ११ बजे मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको हो ।
लिभर सम्वन्धी समस्याबाट निधन शर्माका दुई छोराबुहारी र छोरी रहेको पारिवारिकस्रोतले जनाएको छ । शर्माको शुक्रवार (आज) बिहान १० बजे देवनीया खोलामा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।