- चन्द्र बस्नेत
सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका –६ चम्फापुरस्थित श्री गायत्री मन्दिर एवम् चम्फापुर माध्यमिक विद्यालयमा राधिका फाउन्डेशनको आयोजनामा सप्ताह श्रीमद् भागवत धनधान्याचल महायज्ञ आयोजना हुने भएको छ ।
सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानका लागि झापाको बाह्दशी–७ मा दाता पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारले निःशुल्क प्रदान गरेको १० कठ्ठा जग्गामा भवन निर्माण गर्ने उध्येश्यले महायक्ष आयोजना हुने भएको हो ।
महायज्ञ पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको महायज्ञ आगामी मंसिर २२ देखि २८ गतेसम्म गर्न लागिएको हो ।कनकाई नगरपालिकाको कार्यालयबाट लगभग ३ किलोमिटर दक्षिण वडा न –६ को चम्फापुरमा रहेको श्री गायत्री मन्दिरस्थित चम्फापुर माबिको प्राङगणमा महायज्ञ आयोजना गरिने पुराण व्यवस्थापन समितिका संयोजक मुक्तिप्रसाद तिम्सिनाले जानकारी दिए ।
सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न वर्गहरुको सहाराका लागि दाता तिम्सिना परिवारबाट प्राप्त जग्गामा भवन निर्माण साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि महायज्ञको आयोजना गर्न लागिएको राधिका फाउन्डेसनकि अध्यक्ष एवम् महायज्ञकि प्रखर बक्ता श्री राधिका दासिले जानकारी दिइन् ।
महायज्ञको तयारीका लागि प्रचार–प्रसार, गेट एवं पण्डाल निर्माण तथां महायज्ञका लागि अन्य अत्यावश्यक सामग्रीको ब्यवस्थापन तिब्र पारिएको महायज्ञ ब्यवस्थापन समितिका कोषाध्यक्ष एवं आर्थिक समितिका संयोजक पंकज नेपालले जानकारी दिए ।
उक्त सप्ताह संगीतमय महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता, संगीतमय कथा प्रवचन रहने महायज्ञ व्यवस्थापन समितिका महासचिव लक्ष्मीप्रसाद ओलिले जानकारी दिए ।
महायज्ञ सम्पन्न गर्न व्यवस्थापन समितिमा सुकदेव तिम्सिना, होमप्रसाद खतिवडा, गणेश थापा, कृष्णप्रसाद खतिवडा, दुर्गाबहादुर कटुवाल, दिनेश तिम्सिना, सीता देवी बस्नेत, मन्दिर व्यवस्थापन समिति तथा बिद्यालय व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी सहितको नेतृत्वमा विभिन्न उप–समिति निर्माण गरी तयारी तिब्र पारिएको संयोजक तिम्सिनाले बताएका छन् ।
- मंसिर २२ गते उद्घाटन हुने महापुराण कथा प्रवचन दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म, नित्य पूजा विहान ७ बजेदेखि १० बजेसम्म एवं रात्री जागरण साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने र उक्त महायज्ञ सब्य अनि भब्य रुपमा सम्पन्न गर्न कनकाई वडा न ६ का अध्यक्ष दीर्घबहादुर थापा, वडा न ७ का अध्यक्ष भीष्म भुषण सिटौलाका साथै दुबै वडाका अन्य जनप्रतिनिधिको नेतृत्वदायी भूमिका रहने तयारी गरी कार्य अगाडी बढीरहेको आर्थिक संयोजक नेपालले जानकारी दिए ।
- महायज्ञ सम्पन्न गर्न कनकाई नगरको पनि ठूलो भुमीका रहने केही दिन अघि भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले प्रतिबद्धता गरेका थिए । कनकाई नगर प्रमुख पोखरेल, उप–प्रमुख शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत न्यौपाने, वडान १ का अध्यक्ष सुशीलकुमार पोख्रेल, वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं र ४ का अध्यक्ष रोशन सुवेदीले पनि महायज्ञ सफलता पूर्वक सप्पन्न गर्न आ–आफ्नो तर्फबाट लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले पनि महायज्ञ सम्पन्न गर्न सहयोग गर्ने प्रतिवद्धता गरेकी जनाइएको छ ।
त्यसैगरी प्रत्येक दिन विहान ९ बजेबाट आसुतोष भगवान शिवशक्तिको विशेष पूजा–आरधनासहित महारुद्री महायज्ञ, नित्य हवन, बेद पाठपारायण, धनधान्याचल पूजन, गोपूजन एवं रात्रीकालीन जागरण लगायतका कार्यक्रम रहने महासचिव ओलिले बताए ।
दैनिक श्रीमद् भागवत धनधान्याचल महापुराण एवं महारुद्राभिषेक, बेद एवं पूर्वीय वैदिक धर्मग्रन्थहरुको स्तोत्र पाठ हुने महायज्ञमा कायिक, वाचिक, मानसिक, आर्थिक एवं विभिन्न रुपले सक्रिय सहयोग गर्न आम जनसमुदाय समक्ष फाउन्डेशनकि अध्यक्ष राधिका दासीले सबैमा अपिल गरेकी छिन् ।