झापा । 

डाका र जबरजस्ती करणी मुद्दामा फरार रहेका कनकाई नगरका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको मिति २०६७/०९/१३ गतेको फैसला अनुसार फरार रहेका झापा साबिक सुरुङ्गा गाविस–४ हाल कनकाई नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय धनपति ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले सोमवार ढुङ्गानालाई पक्राउ गरेको जनाएको छ । पक्राउपछि ढुंगानालाई फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको छ ।

अदालतको आदेश अनुसार ढुङ्गानालाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।