बिर्तामोड । 

झापाको बिर्तामोडमा नैवेद्य फेमली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । गणपति बे्रकर्स प्रालिको सफलतासँगै ग्राहकको मागलाई ध्यानमा राखेर रेष्टुरेन्ट सञ्चालनमा ल्याएको आइतवार (आज) बिर्तामोडमा पत्रकार भेटघाट गरी जानकारी दिइएको हो । 

गणपति बे्रकर्स प्रालिका सञ्चालक राजु ढकालले सञ्चालनमा ल्याएको रेष्टुरेन्टको सोमवार (भोली) उद्घाटन गरिने पत्रकार भेटघाटको क्रममा बताइएको छ । 

बिर्तामोडमा नैवेद्य फ्याम्ली रेष्टुरेन्ट र दमकमा केकज्याक सञ्चालन गरिएको सञ्चालक ढकालले जानकारी दिए । मंसिर १२ उद्घाटन हुने रेष्टुरेन्टको मंसिर १७ गतेसम्म उद्घाटन समारोह रहने सञ्चालक ढकालले बताएका छन् । 

रेष्टुरेन्टमा ग्राहकको स्वास्थ्यलाई मध्येनजर गरी गुणस्तरीय सामाग्रीका साथ स्वच्छ रुपमा तयार गरिएका खाजा तथा खाना, पेय पदार्थ उपलब्ध हुने जनाइएको छ । सन् २००७ मा अस्टे«लिया गएर ब्रेकरीमा काम गरेको र त्यहाँ सिकेको सीपलाई नेपालमा प्रयोगमा ल्याएको ढकालले बताएका छन् ।

एक करोड ५० लाख रुपैयाँको लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको सञ्चालक ढकालले बताएका छन् । होटलमा भेज तथा नन्भेज खाना तथा नास्ता उपलब्ध हुने जनाइएको छ । 

ganapati