सुरुङ्गा ।

झापाको निर्वाचन क्षेत्र नं.४को प्रदेश १ बाट  एमालेका राधाकृष्ण खनाल निर्वाचित भएका छन् ।  खनालले आफ्ना निकट्तम प्रतिद्वन्दी गठबन्धनका उम्मेद्वार झलकवहादुर मगरलाई १,५७८ मतको अन्तरलेपछि पार्दै निर्वाचित भएका हुन् ।

एमालेका खनालले १३,९५१ मत ल्याउँदा मगरले १२,३७३ मत प्राप्त गरे । मगर गठबन्धनको प्रदेश सरकारका निवर्तमान कृषि मन्त्री समेत हुन् । क्षेत्र नं.४ को प्रदेश १ मा खसेको मत ३२,२५६ गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा १६०७ मत बदर भएको जनाइएको छ । औपचारीक घोषणा हुन भने बाँकी रहेको छ ।

यस क्षेत्रमा दापसहितको खुकुरी चुनाव चिन्ह भएका उम्मेद्वारले १५९१, लाउड स्पिकरका उम्मेद्वारले ७८२, लौरो तर्फका उम्मेद्वारले १३४६, कुखुराको भाले तर्फ ३८९, घरमा १७०, ड्रमसेटमा ५५,जेब्रा ४१६,जाँतो तर्फ ५७६ मत प्राप्त भएको जनाइएको छ ।