सुनसरी । 

सुनसरीको धरान उप–महानगरपालिका–१५ श्यामचोकबाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उप–महानगरपालिका–१५ का ३४ बर्षिय किशोर परियार र धरान ३ का २७ बर्षिय वीरवलप्रसाद साह रहेका छन् ।  ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको dialax dc 35 tablet, spasmo prokxyvon 208 capsul र nirtosun 15 tablet   प्रतिबन्धित लागू औषधसहित दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका परियार र साहको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।