झापा ।

झापाको निर्वाचन क्षेत्र नं.४को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लालप्रसाद साँवा भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य समेत रहेका निवर्तमान सांसद साँवाले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस झापाका सभापति समेत रहेका देउमान थेवेलाई ६ हजार८६७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

एमालेका साँवाले २९ हजार ३१५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका थेवेले २२ हजार ४४८ मत प्राप्त गरेका छन् । यसैगरी घण्टी चुनाव चिन्ह भएका शम्भुप्रसाद ढकालले १४,०६९ मत प्राप्त गर्न सफल भए ।

  झापा क्षेत्र नं.४ मा १लाख २३ हजार १२४कुल मतदाता रहेको यस क्षेत्रमा ७९हजार ४८३ मत गणना भएको थियो भने ४,६४७ मत बदर भएको जनाइएको छ । यद्यपी निर्वाचन आयोगले आधिकारीक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।