बिर्तामोड । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १२ का खेमराज भट्टराईले जन्मोत्सवको अवसर पारेर बृद्धाआश्रमका बुबा–आमालाई फलफूल बितरण तथा खाना खुवाएका छन् । 

भट्टराईले जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई फलफूल वितरण तथा खाना खुवाएका हुन् । 

मेनपावर ब्यवसायीसमेत रहेका भट्टराईले ४२ औं बर्ष प्रवेशको अवसर पारेर बुधवार (हिजो) बृद्धाआश्रमका बुबा–आमालाई बेलुकाको खाना खुवाएको बताएका छन् ।

उनले जन्मोत्सवमा होटल तथा रेष्टुरेन्टमा गरिने खर्चको साटो असाहय आमा–बुबालाई खाना खुवाएर जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा भट्टराईले विहान चारआलीस्थित पाउँ पाथिभरामा पूजा समेत गरेको बताए ।