अर्जुनधारा । 

 झापा क्षेत्र नं. २ को पछिल्ले मत गणना परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार देबराज घिमिरे १ हजार ६६ मतले अगाडी रहेका छन् । घिमिरेले २२ हजार ७५६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपालले २१६९० मत प्राप्त गर्दै पछ्याई रहेका छन् । 

७० हजार ८१६ मत गणना हुँदा ४ हजार ४७६ मत बदर भएको झापा क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै गठबन्धनका तर्फका उम्मेद्वार हरिकुमार रानाले ११ हजार ९१७ मत प्राप्त गरेका छन् भने  राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फका रुद्रप्रसाद गिरीले ७ हजार १५ मत प्राप्त गरेका छन् । 

अव करिब १७ हजार मत गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।