अर्जुनधारा । 

 झापा क्षेत्र नं. २ को बिहान ७ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेद्वार देबराज घिमिरेले १८४१० मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । घिमिरेले स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाललाई १४७१ मतान्तरले अग्रता लिएका छन् । नेपालले १६९३९ मत प्राप्त गर्दै घिमिरेलाई पछ्याई रहेका छन् ।

त्यस्तै गठबन्धनका तर्फबाट उम्मेद्वा बनेका हरिकुमार रानाले ९५६२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बनेका रुद्रप्रसाद गिरीले ५४७२ मत प्राप्त गरेका छन् । जम्मा ५६०४२ मतगणना हुँदा ३५०६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 त्यस्तै प्रदेशतर्फ झापा क्षेत्र नं. २ प्रदेश  (१) का नेकपा एमालेका एकराज कार्की १४९९८ मत प्राप्त गर्दा गठबन्धनका पुष्पराज पोखरेलले ५१४४मत प्राप्त गरेका छन् । जम्मा गणना भएको ३०९४२ मत मध्ये २५९८ मत बदर भएको छ । झापा २(२) तर्फ एमालेका तिलचन पाठकले १५०२८ मत प्राप्त गर्दा गठबन्धनका खगेन्द्र मैनालीले १२१५३ मत ल्याएका छन् ।  जम्मा गणना भएको ३६०८७ मध्ये २११६ मत बदर भएको जनाइएको छ ।