झापा । 

झापा क्षेत्र नं. १ को बुधबार (आज) बिहान ६ बजेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेद्वार विश्वप्रकाश शर्माले ३१११५ मत प्राप्त गर्दै ११६१५ मतान्तरले अग्रता कायम गरेका छन् । उनका प्रस्पिर्धी एमालेका उम्मेद्वा अग्निप्रसाद खरेलले १९५०० मत ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार ओमनाथ भण्डारीले ६१२६ मत प्राप्त गरेका छन् । ६३००२ मत गणना गर्दा ३५९४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यसैगरी क्षेत्र नं. १ प्रदेश (२) का प्रदेशसभा सदस्य पदका गठबन्धनतर्फका उम्मेद्वार श्यामविर लिम्बुले ८२५१ मत प्राप्त गर्दा राप्रपाका उम्मेद्वार सबिना बजगाईले ८९४० मत प्राप्त गरेर अग्रता कायम गरेकी छिन् । २१९७४ मतगणना हुँदा १०९७ मत बदर भएको थियो । 

क्षेत्र नं. १ प्रदेश (१) का प्रदेशसभा सदस्य पदका गठबन्धनतर्फका उम्मेद्वार गोपाल तामाङ १२२७४ मत प्राप्त गर्दा एमालेका उम्मेद्वार रबिन कोइरालाले १०६७७ मत प्राप्त गर्दै पछ्याई रहेका छन् ।  २७०७५ मतगणना हुँदा १४७२ मत बदर भएको थियो । 

jhapa 1 20