अर्जुनधारा । 

 झापा क्षेत्र नं. २ को पछिल्लो मतगणना अनुसार नेकपा एमालेका उम्मेद्वार देबराज घिमिरेले १३०५४ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । घिमिरेले स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाललाई १०७१ मतान्तरले अग्रता लिएका छन् ।

नेपालले ११९८३ मत प्राप्त गर्दै घिमिरेलाई पछ्याई रहेका छन् । त्यस्तै गठबन्धनका तर्फबाट उम्मेद्वा बनेका हरिकुमार रानाले ६८०० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेद्वार बनेका रुद्रप्रसाद गिरीले ३८७९ मत प्राप्त गरेका छन् । 

जम्मा ३९६५० मतगणना हुँदा २४०१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।