सुरुङ्गा ।
झापा क्षेत्र नम्बर ४ को पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारलाई पछि पार्दै एमालेले अग्रता लिएको छ। झापा ४ मा १२ हजार ४ सय ८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका शम्भु ढकाललाई ३७ मतलेपछि पार्दै नेकपा एमालेका लालप्रसाद साँबा लिम्बुले ४ हजार २ सय ७ मत ल्याएर अग्रता लिएका हुन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाललाई ४ हजार १ सय ७० मतका साथ दोश्रो स्थानमा रहँदै पछ्याउँदै छन् । झापा ४ मा नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले ४ हजार २ सय ७ मत र नेपाली कांग्रेसका देउमान थेबेले २ हजार ४ सय स्वतन्त्रकि उम्मेद्बार खुस्बु ओलिले २ सय २१ मत प्राप्त गर्दा ८ सय १० मत बदर भएको छ ।
हाल कनकाई वडा न १, ४,र ७ को मत गणना सकिएको छ भने अब कनकाईको अन्य वडाको गणना चलिरहेको रहेको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिएका छन् ।
झापा ४ मा संघीय निर्वाचनमा ६ स्वतन्त्रसहित १८ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् । झापा ४ मा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ६ सय ५७ जनाले मतदान गरेको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।