झापा ।

 झापामा रहेको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३११ मध्ये ४ लाख ४६ हजार २ सय ५५ मत खसेको निर्वाचन आयोग झापाले जनाएको छ । जसको ६७.२७ प्रतिशत मात्र मत खसेको हो । 

खसेको मतदाता संख्यामा २ लाख ३१ हजार ८०३ महिला र २ लाख १४ हजार ४५२ पुरुष रहेको आयोगले जनाएको छ ।  झापामा रहेका ५ वटा क्षेत्रमा आज (आइतवार) भएको प्रदेशसभा तथा प्रतिनिधिसभामा ६७.२७६८ मत खसेको निर्वाचन आयोगले जनाएको हो । 

झापा क्षेत्र नं. १ मा जम्मा मतदाता संख्या १ लाख २० हजार ३७५ मध्ये ८७ हजार ३९६ मत खसेको थियो जसको  ७२.६० प्रतिशत हो । झापा क्षेत्र नं. २ को कुल मतदाता संख्या १ लाख ३४ हजार ९१ मतदाता मध्ये ८७ हजार ७२३ मत खसेको छ । जसको प्रतिशतमा ६५.४२ रहेको छ । 

त्यस्तै झापा क्षेत्र नं. ३ मा १ लाख ३१ हजार ४३२ मत मध्ये ८९ हजार ६३७ मत खसेको छ जसको खसेको मत ६८.२० प्रतिशत हो । झापा क्षेत्र नं. ४ मा १ लाख २३ हजार १२४ मत मध्ये ७९ हजार ३४९ मत खसेको छ जसको प्रतिशतमा ६४.४४ हुन आउछ । 

त्यसैगरी झापा क्षेत्र नं. ५ मा १ लाख ५४ हजार २८९ मत मध्ये १ लाख २ हजार १५० मत खसेको छ जसको प्रतिशतमा ६७.२७ हुन आउँछ ।