झापा।

झापामा करिब ६० प्रतिशतको हाराहारीमा मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार साँझ ५ बजेसम्म ६० प्रतिशतको हाराहारीमा मत खसेको हो । निर्वाचनमा मतदातामा खासै उत्साह देखिएन ।

अधिकांश मतदान स्थलहरुमा त्यति भीड देखिएन । कति प्रतिशत यकिन मत खस्यो भनेर निकाल्ने काम भइरहेको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले जानकारी दिए ।

जिल्लाका पाँच निर्वाचन क्षेत्रमा २ सय ८५ मतदान स्थलमा ७ सय ६६ मतदान केन्द्र रहेको थियो । मेची रङ्गशाला भद्रपुर र झापा कारागारलाई अस्थायी मतदान केन्द्र तोकिएको थियो ।

जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना रहेको उनले बताए। जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष, ३ लाख ३२ हजार २ सय ५९ महिला र अन्य ८ रहेको छ।