झापा । 

झापा गाउँपालिकाको एउटा मतदान केन्द्र स्थल परिसरभित्र अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ । झापा गाउँपालिका–२ स्थित कुवाडीदेवी माध्यमिक बिद्यालयको मतदान स्थलमा आइतवार (आज) विहान साढे ९ बजे बम विस्फोट गराएको हो । 

मत पेटिकादेखि करिब ३० मिटर नजिकै बम विस्फोट भएको स्थानीय  प्रलादकुमार राजवंशीले बताए । विस्फोटपछि मतदान केन्द्र स्थल त्रसित बनेको थियो ।  घटनास्थल नेपाली सेनाको  टोली पुगेको आधा घण्टापछि मात्र मतदान शुरु भएको थियो ।

बम बिस्फोटबाट भने कुनै क्षति नभएको जनाइएको छ ।