अर्जुनधारा । 

झापा क्षेत्र नं. २ अन्तरगत अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित भानु माध्यमिक बिद्यालयमा बिहान ७ बजेदेखि शुरु भएको मतदानमा यो समाचार तयार पार्दासम्ममा प्रत्येक बुथमा एकसय ५० वढी मत खसेको छ । 

चारवटा बुथ रहेको उक्त मतदान केन्द्रमा उत्साहजनक मतदान भइरहेको जनाइएको छ । ३ हजार ८०८ मतदाता संख्या रहेको उक्त मतदान केन्द्रमा क, ख, ग र घ गरी ४ वटै बुथमा ९५२ मतदाता संख्याको बिभाजन गरेर मतदान गरिदै गरेको भानु मावि मतदान केन्द्र (घ) का मतदान अधिकृत प्रज्वल अधिकारीले जानकारी दिए । 

उक्त मतदान केन्द्रको (क) मा पहिलो मतदान अर्जुन रेग्मीले गरेको (क) मतदान अधिकृत सूर्यप्रसाद न्यौपानेले जानकारी दिए । उक्त मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज रुपमा मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

bhanu mabi