झापा । 

अस्पतालमा उपचार गराइरहेको अवस्थामा फरार रहेका एक कैदीलाई झापामा प्रहरीले पक्राउ गरेको छ । जिल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्धा शिर्षकमा कैद भुक्तान गरी रहेका झापा गाउँपालिका –५ का २८ बर्षिय राजकुमार हेमरमलाई प्रहरीले पक्राउ गरेको हो । 

गत असोज १५ गते उपचार गर्ने क्रममा अस्पतालबाट फरार रहेका हेमरमलाई प्रहरी चौकी शरणामतीको प्रहरी टोलीले उनकै घरमा लुकेर बसेको अवस्थामा बिहीवार पक्राउ गरेको हो । 

फरार रहेका कैदी मेहरम झापा साबिक शरणामती गाबिस–५ हाल झापा गाउँपालिका –५ घरमै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

हेमरम क्षयरोगको बिरामी भएर बिराटनगर महानगरपालिका–७ स्थित क्षयरोग अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचार गराउने क्रममा भागेर हेमरम फरार रहेको थिए ।  पक्राउ परेका कैदी हेमरमलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाउन आवश्यक समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।