झापा ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ७ दुर्गापुरस्थित पूर्व पश्चिम लोकमार्ग भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा अर्जुनधारा नगरपालिका ६ का मैनाली दम्पतीको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ न.को बसले बिपरित दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ न.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा–६ का ५२ को बर्षिय नरेन्द्र मैनाली र पछाडी सवार उनकै श्रीमती ५० बर्षिया सीतादेबी मैनालीको मृत्यु भएको हो ।
दुर्घटनामा घाईते उनीहरुको उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पताल पुर्याउना साथ दुवै जनाको मृत्यु भईसकेको भनेर डाक्टरले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल, बस र बस चालक मोरङ सुन्दरहरैचा नगरपालिका –६ का ४० बर्षिय भुपाल देवान प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाका बिषयमा इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।