झापा।

झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका मेचीनगर नगरपालिका–१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।